मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

सिरियामा अमेरिकी हवाई कारबाही‚ इरान समर्थक सत्र लडाकू मारिए

बेरुत । सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ ।

इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको थियो । पहाडी इलाकामा भएको यस हवाई कारबाहीमा तीनवटा ट्रकहरू ध्वस्त भएको बताइएको छ ।

अब्जरभेटरी प्रमुख रामी अब्दुल रहमानले एएफपीलाई इरान समर्थक १७ लडाकू मारिएका पुष्टि गरेका छन् । अन्य विस्तृत विवरण भने प्राप्त भएको छैन । सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो ।

यो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । सो गृहयुद्धमा इस्लामिक स्टेट्स (आइएस) र अल कायदाजस्ता आतङ्ककारी समूहहरु हाबी हुँदै गएका थिए । यिनै आतङ्ककारी समूहहरुलाई कारबाही गर्ने क्रममा अमेरिकाले हवाई आक्रमण गर्दै आएको थियो ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com