व्यापारीहरुले गरे भारत बन्द

काठमाडौँ । आज भारत बन्दको घोषणा गरिएको छ । भारतका व्यापारी संगठनहरुले शुक्रबार देशव्यापी बन्दको घोषणा गरेका हुन् ।

भारतभरका ४ करोड व्यापारीहरुका संघ संगठनले बन्दको समर्थन गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । व्यापारीहरुले जीएसटि कर घटाउन, बढिरहेको पेट्रोल डिजलको मुल्य घटाउन र इ-वे कानुनको विरोधमा भारत बन्द गरेको बताइएको छ ।

व्यापारीहरुको बन्दलाई इण्डिया ट्रान्सपोर्टर्स वेलफेयर एसोसियसनले पनि समर्थन गर्दै बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म चक्काजाम गरेको छ । यस बन्दमा भारतभरका ४ लाख भन्दा बढी व्यापारिक संघले समर्थन र भाग लिएको बताइएको छ । त्यस्तै आज भारतभर करिब १५ सय ठाउमा व्यापारीहरुले धर्ना दिने बताइएको छ ।

प्रतिक्रिया