नोबेल मेडिकल कलेजमा नयाँ विद्यार्थीलाई स्वागत

विराटनगर । नोबेल मेडिकल कलेजमा एमबीबीएस, बीडीएस र बीएससी नर्सिङ प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ । एमबीबीएस, बीडीएस र बीएससी नर्सिङ दोस्रो वर्षका विद्यार्थीहरुे कार्यक्रम आयोजना गरी नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका हुन् ।कार्यक्रममा फूल, खादा र अविर लगाएर नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको छ । नोबेलमा हरेक वर्ष नयाँ विद्यार्थीलाई स्वागत गरिदै आएको छ । यस पटक भने कोरोनाको महामारीका कारण स्वागतमा ढिलाइ भएको विद्यार्थीहरुले जनाएका छन् ।यसैबीच कार्यक्रमलाई संबोधन गर्दै नोबेल मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा.रामहरी घिमिरे, कलेजका अन्तर्राष्ट्रिय निर्देशक डा.निरञ्जन कुमार, स्त्रीरोग विषेशज्ञ प्रा.डा.सीता पोख्रेल घिमिरे, प्याथलोजी बिभागका प्रोफेसर आर.एन. ठाकुर लगायतले विद्यार्थीहरुलाई अनुसाशित भई मेहनत गरेर पढ्न सुझाव दिए । यस वर्ष नोबेलमा एमबीबीएस प्रथम वर्षमा १ सय, बीडीएसमा १० र वीएससी नर्सिङमा २१ जना विद्यार्थी भर्ना भएका छन् ।नोबेलमा डिएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, वीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् । नोबेलमा पढाई राम्रो हुँने भन्दै नेपालका बिभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउँने गरेका छन् ।

प्रतिक्रिया