यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन १४ गते । शुक्रबार । ईश्वी सन् २०२१ फेब्रुवरी २६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–चतुर्दशी,२१ घडी ५१ पला, दिउसो ०३ बजेर १८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–अश्लेषा,१४ घडी ०३ पला,मध्यान्ह १२ बजेर ११ मिनेट उप्रान्त मघा । योग–अतिगण्ड,४० घडी ३४ पला,बेलुकी १० बजेर ४७ मिनेट उप्रान्त सुकर्मा । करण– वणिज,दिउसो ०३ बजेर १८ मिनेट उप्रान्त भद्रा,रातको ०२ बजेर ५० मिनेट उप्रान्त बव । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–कर्कट,मध्यान्ह १२ बजेर ११ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०१ मिनेट । दिनमान २८ घडी ३९ पला । पशुपतिनाथको छायाँ दर्शन, पूर्णिमाव्रत ।

आजको बार बेला ।
बिहान ०६ बजेर ३५ मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर ३६ मिनेटदेखी बिहान ८ बजेर ०० मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ०१ मिनेटदेखी बिहान ९ बजेर २६ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर २७ मिनेटदेखी बिहान १० बजेर ५२ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ५३ मिनेटदेखी मध्यान्ह १२ बजेर १८ मिनेटसम्म शुभ बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखी दिउसो १ बजेर ४४ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर ४५ मिनेटदेखी दिउसो ३ बजेर १० मिनेटसम्म उद्वेग बेला ।
दिउसो ३ बजेर ११ मिनेटदेखी बेलुकी ४ बजेर ३६ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर ३७ मिनेटदेखी बेलुकी ७ बजेर ३६ मिनेटसम्म रोग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०१ बजेर ४३ मिनेटदेखी दिउसो ०३ बजेर ०९ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पतीमा विवाद हुनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना बढि नै हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेकोछ । बंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । शिक्षा तथा अन्य व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त वा आमा सरहका मानिससँग अलग्गिएर यात्रा गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा समान्य मनमुटाब बढेर जानेछ भने पति पत्नी बीचको सम्बन्धमा अबिश्वास पैदा हुनेछ । समाजसेवामा समय व्यातित हुनाले आफ्नो काम थाती रहनेछ । स्वास्थ्यमा समस्या आई लक्ष्य प्राप्तीमा विलम्ब हुनेछ । तरपनि कृषि तथा पशुपालनमा र बित्तिय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर नहोला भन्न सकिन्न । आफन्त तथा दाजुभाई सँग मनमुटाब सिर्जना हुनेछ । प्रेममा अबिस्वास बढ्ने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेम प्रसङमा आफुले मायालुलाई आफ्नै वरिपरि देख्न पाउदा मन खुशि हुनेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा बिलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपाईँकै पोल्टोमा पर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय मध्ययम रहेकोले दैनिक काममा बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । आँखा तथा टाउकोमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । मध्यान्हबाट समय राम्रो रहेकोले राम्रा काम गरि नाम,नाम तथा ईनाम कमाउन सकिनेछ । राजनीति तथा जनताको काम गर्नेहरुका लागी समयले साथ दिने हुँदा पद प्राप्तीको योग रहेकोछ । अग्रज तथा आफन्तको सुझाब लाभदायी बन्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले निर्माण सामाग्रीहरुको व्यापारमा बृद्धि हुने तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले प्रेममा मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आज नाँफा वा लाभांश सञ्चय नहुन सक्छ । व्यापारमा मन्दी आउने तथा सामानहरु विग्रन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त हुने छैन । आम्दानी र सञ्चित रकम समेत खर्च हुनेछ । तरपनि निर्माण सामाग्री र प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुले प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु साटासाट गर्न सक्नेछन् ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले मान्यजनको सुझावलाई शिरोधार्य गर्दा लाभ हुनेछ भने विशिष्ट व्याक्तिहरुको सहयोग जुट्नाले महत्वकांक्षी काम बन्न सक्छ । भूमि,बाहन तथा कर्मयोगबाट फाईदा हुनेछ । अध्ययनमा मन जानेछ भने समाजमा तारिफयोग्य काम गर्दै नाम तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । मध्यान्हबाट राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापारमा मन्दी आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजसेवा तथा कल्याणकारी काममा दिन बित्ने योग रहेकोछ । काम बन्नाले दिन उत्साहबर्धक रहनेछ । राजनीति तथा सरकारि काममा सफल भई नाम कमाउन सकिनेछ । धर्ममा मन जाने हुनाले धार्मिक स्थल तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययन तथा लेखन क्षेत्रका समय लगानी गरि आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घर परिवार बिषेश गरी दिदि बहिनी हरुसँगको सम्बन्धमा आउने वैचारिक द्वन्द्धले उतारचडाव ल्याउनेछ । अरुकै काममा समय बित्ने हुँदा पढाइ लेखाइ प्रभावित हुनेछ । व्यापार व्यावसाय खस्कनेछ भने स्वास्थ्य कमजोर रहनेछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुनेछ । तरपनि अनुसन्धान तथा अध्ययनमा लाग्नेहरुका लागी समय उत्तम रहेकोछ । मनमा धार्मिक प्रविति जागृत हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । आफन्तबाट सुनिने सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने सकिनेछ भने दैनिक उपभोग्य बस्तु तथा औषधीजन्य सामानको व्यापारमा वृद्धि हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने योग रहेकोछ । तर्क, विवाद र बहसमा विजयी भइने छ । बिहानको समय मध्ययम रहेकोले आफन्तसँग मनमुटाब बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा राम्रो अंक ल्याई नतिजा हात पार्न सकिनेछ । उपाहार तथा भौतिक सम्पति हात लागि हुने योग रहेकोछ । मध्यान्हबाट कुनै मुद्दा मामिलामा सहभागि नहुँनु होला न्यायिक निर्णयहरु आज तपाईँको पक्षमा नहुँन सक्छ । आफन्त तथा मामा मावली पक्षसँग मनमुटब बढ्ने योग रहेकोछ । भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया