नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स

काठमाडौं । अष्ट्रेलियाका ग्यारी फिलिप्स नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक समितिले यसअघि एन्फामा प्राविधिक निर्देशक रहेका फिलिप्सलाई बिहीबार राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेकाे हो ।

उनलाई एएफसी एसियाली कप छनोट र साफ च्याम्पियनसिपसम्मका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेकाे हो ।

गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पछि नेपाली राष्ट्रिय महिला टोली प्रशिक्षकविहीन बनेको छ ।

नेपाल सागको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित बनेको थियो । त्यस लगत्तै तत्कालिन मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएपछि नेपाली राष्ट्रिय महिला टिमले अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

नेपाली टिमलाई दक्षिण एशियामा भारत सँधै तघारोको रुपमा रहि आएको छ ।

नयाँ प्रशिक्षक नियुक्तिसँगै छिट्टै राष्ट्रिय टिमका खेलाडीलाई प्रशिक्षकका लागि बोलाउने तयारी रहेको एन्फाले जनाएको छ ।

प्रतिक्रिया