ओली ‘घर न घाट’ भएका बेला भारतले उचित कदम चाल्नुपर्छ : भाजपा नेता
काठमाडौं । भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली घर न घाटको स्थितिमा भएका बेला भारतले उचित कदम चाल्नुपर्ने बताएका छन् ।
बिहीबार एक ट्वीट गर्दै भारतीय नेता स्वामीले यस्तो बेला चीनले भूमिका खेल्न सक्ने भन्दै भारतले उचित राजनीतिक कदम चाल्नुपर्ने बताएका हुन् ।
‘भारतले अब चिनियाँ प्रभावलाई रोक्न सक्नुपर्छ‚’ भाजपा नेता स्वामीले भने‚ ‘ओली आफ्नै कदमका कारण घर न घाटका भएका छन् । यस्तो बेलामा चीनले भूमिका खेल्न सक्छ‚ त्यसैले सन्तुलनका लागि भारतले उचित राजनीतिक कदम चाल्नुपर्दछ ।’
Nepal will probably go back to democracy soon and form a coalition government. India must learn to combat the Chinese influence since Oli by his moves became "na ghar na ghat ka". So Chinese will have a role. So India will need deft [not daft] political moves to retain balance.
— Subramanian Swamy (@Swamy39) February 25, 2021