लिखत सम्बन्धी कसूरमा संलग्न लेखा अधिकृत पक्राउ

काठमाडौं । मालपोत कार्यालय भरतपुर, चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत ५७ वर्षीय रिठ्ठे परियार पक्राउ परेका छन् । लिखत सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर नगरपालिका-११ घर भइ तारकेश्वर नगरपालिका-६ बस्ने परियारलाई बुधबार प्रहरीले पक्राउ गरेकाे हाे ।

लेखा अधिकृत रिठ्ठे समेतको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, छाप र कर्मचारीहरुको दस्तखत समेत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ लिखत सम्बन्धी कसूर गरी सरकारी रकम अपचलन गरेको प्रारम्भिक अनुसान्धानको क्रममा खुलेकाे हाे ।

तारकेश्वर नगरपालिका-६ मा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया