भोलि भारत बन्द, ८ करोड व्यापारी हड्तालमा 

नयाँ दिल्ली । भारतीय व्यापारीहरूले भाेलि (शुक्रबार) भारत बन्दकाे घाेषणा गरेका छन् । जीएसटी व्यवस्थाको सरल बनाउन माग गर्दै अखिल भारतीय ट्रेडर्सकाे संगठनले बन्दकाे घाेषणा गरेकाे हाे ।

किसान आन्दोलनका बिच भोलि भारत बन्दको घोषणा गरिएको हो । बन्दमा देशभरका ८ करोड बढी व्यापारी संलग्न हुने भारतीय सञ्चार माध्यमले जनाएको छ । साथै ट्रान्सपाेर्ट संगठनले पनि साेही दिन चक्काजामकाे घाेषणा गरेकाे छ ।

देशभरका एक हजार पाँच सय ठाउँमा व्यापारीले धर्ना दिनेछन् । त्यस अवधिमा देशभर बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म ट्राफिक जाम हुनेछ । साथै देशभरका सबै बजार पनि बन्द रहनेछन् । यसले नागरिकलाई समस्या सिर्जना गर्न सक्छ ।

प्रतिक्रिया