भारतमा बढ्यो कोभिड संक्रमण, एकैदिन १६ हजार संक्रमित

नयाँ दिल्ली । भारतमा पछिल्लाे समय काेराेना (काेभिड १९) संक्रमितकाे संख्या बढेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १६ हजार ७३८ जनामा संक्रमण पुष्टि भएकाे छ । याे एक महिनायताकै बढी संक्रमित संख्या हाे । यसअघि २९ जनवरीमा एकैदिन १८ हजार ८५५ संक्रमित भेटिएका थिए । त्यसपछि भने संक्रमित संख्या १५ हजारभन्दा तल थियाे ।

यससँगै भारतमा काेराेना संक्रमितकाे कुल संख्या एक कराेड १० लाख ४६ हजार ९१४ पुगेकाे छ । संक्रमितमध्ये एक कराेड ७ लाख ३८ हजार ५०१ जना निकाे भइसकेका छन् भने मृतक संख्या एक लाख ५६ हजार ७०५ पुगेकाे छ । पछिल्लाे २४ घण्टामा १३८ काेराेना संक्रमितकाे मृत्यु भएकाे भारतीय सञ्चार माध्यम दैनिक जागरणले उल्लेख गरेकाे छ ।

भारतमा अहिले सक्रिय संक्रमित संख्या एक लाख ५१ हजार ७०८ रहेकाे छ । त्यहाँ १६ जनवरीमा काेभिडविरूद्धकाे भ्याक्सिन लगाउन सुरू गरिएकाे थियाे । बुधबारसम्म एक कराेड २३ लाख ६६ हजार ६३३ डाेज खाेप लगाइएकाे छ ।

प्रतिक्रिया