बोलेरोको ठक्करबाट एकजनाकाे मृत्यु

सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका-५ का २५ बर्षीय डिगन गुरुङको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको छ ।

मध्यरातमा बराहक्षेत्र नगरपालिका–५ भरोलस्थित दक्षिण तर्फ जाँदै गरेको को१ज ३७६१ नम्बरको बोलेरो गाडीले विपरित दिशातर्फ जाँदै गरेको ना३९प ५०७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा २६ वर्षीय कृष्ण कुमार राजधामी र २५ बर्षीय डिगन गुरुङ गम्भिर घाइते भएका थिए ।

उपचारका क्रममा डिगन गुरुङको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको हाे । घाइते कृष्ण राजधामीको सोही अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

ठक्कर दिने बोलेरो र चालक उदयपुर चौदण्डी नगरपालिका बस्ने उदेश राई प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया