माछालाई करेन्ट लगाउँदा आफ्नै ज्यान गयो

खोटाङ । खोटाङ साकेला गाँउपालिका-४ मात्तिममा माछा मार्ने क्रममा एकजनाको मृत्यु भएकाे छ ।

स्थानीय ३७ बर्षीय निर कुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएकाे हो ।

रावाबेसी गाँउपालिका-१ मा पर्ने रावा खोलामा निर कुमारले करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लगाएका थिए । साे करेन्ट आफैंलाई लागेर उनकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया