१०२ बर्षीय कवि फर्लिंगेटीको निधन

एजेन्सी । अमेरिकी कवि लरेन्स फर्लिंगेटीको निधन भएको छ । कविका साथै चित्रकार र सामाजिक अभियन्ता फर्लिंगेटीको अमेरिकाको सान फ्रान्सिस्कोमा निधन भएको हो ।

उनी १०२ बर्षका थिए ।

उनले सञ्चालन गरेको सिटी लाइट्स बुक सेलर तथा पब्लिसरले उनलाई संसार माझ थप चिनाएको थियो ।

उनको कविता सङ्ग्रह ‘अ कोनी आइल्याण्ड अफ द माइन्ड’ नौ भाषामा प्रकाशित छ । याे पुस्तक दस लाख भन्दा बढी प्रति विक्री भएको थियो ।

उनको एक सयौँ जन्मदिन सान फ्रान्सिस्को सहरमा ‘लरेन्स फर्लिंगेटी दिवस’ को नाम दिएर मनाएको थियो ।

प्रतिक्रिया