अष्ट्रेलियासँग न्युजिल्याण्डकाे राेमाञ्चक जीत

एजेन्सी । अष्ट्रेलियासँगको दोश्रो ट्वेन्टी ट्वेन्टी क्रिकेटमा न्युजिल्याण्ड ४ रनले विजयी भएको छ ।

खेलमा २ सय २० रनको लक्ष्य पाएको अष्ट्रेलियालाई ८ विकेट गुमाएर २ सय १५ रनमा सिमित पार्दै न्युजिल्याण्ड विजयी भएको हो ।

जीतसंगै पाँच खेलको शृँखलामा घरेलु टोली न्युजिल्याण्डले २–० को अग्रता लिएको छ ।

अष्ट्रेलियाका मार्कुस स्टोनिसले ७८, जोस फिलिपले ४५ र डानिल सामले ४१ र रन बनाएपनि टिमलाई जिताउन त्यो पर्याप्त भएन ।

न्युजिल्याण्डका मिचेल स्टानरले ४ तथा जेमी निशमले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो।

न्युजिल्याण्डका मार्टिन गुप्टिलले ९७ र कप्तान केन विलियम्सनले ५३ रन बनाए ।

जेमी निशम ४५ रनमा अविजित रहे ।

अष्ट्रेलियाका केन रिचर्डसनले ३ विकेट लिए ।

प्रतिक्रिया