युरोपा लिग : टोटनह्याम अन्तिम १६ मा
२०७७ फागुन १३ गते

एजेन्सी । युरोपा लिग फुटबलको अन्तिम १६ मा टोटनह्यामले आफ्नो स्थान सुरक्षित गरेको छ ।
अवे मैदानमा बुधबार राति भएकाे अन्तिम ३२ को दोस्रो लेगमा आरजेड पेलेट्स डब्लुएसीलाई ४–० ले पराजित गर्दै ८–१ को जितसहित टोटनह्याम युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको हाे ।
खेलमा मोराइजले दुई तथा डेल अली र ग्यारेथ बेलले एक–एक गोल गरे ।
पहिलो लेगमा टोटनह्याम ४–१ ले विजयी भएको थियो ।
२०७७ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








