च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सहज जित

एजेन्सी । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा जित हाँसिल गरेकाे छ ।

अवे मैदानमा भएको अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा बोरुसिया मोन्चेङ्गग्लाडवाचलाई २–० ले पराजित गर्दै सिटीले जित हाँसिल गरेको हो । सिटीलाई जिताउन बेर्नार्डो सिल्भा र गाब्रियल जिससले एक/एक गोल गरे । सिल्भाले २९ औँ र जिससले ६५ औँ मिनेटमा गोल गरेका हुन् ।

जितसँगै सिटीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो खेल (मार्च १६) मा सिटीको मैदानमा हुनेछ ।

प्रतिक्रिया