बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले जित हाँसिल गरेकाे छ ।

घरेलु मैदानमा भएको खेलमा एल्चीलाई ३–० ले पराजित गर्दै बार्सिलोनाले जित हाँसिल गरेकाे हाे । बार्सिलाेनाकाे जितमा ४८ र ६८ औँ मेस्सीले दुई गाेल गरे । यस्तै खेलकाे ७३ औँ मिनेटमा जोर्डी अल्बाले एक गाेल गरे ।

जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २४ खेलमा ५० अंक जोडेको छ ।

प्रतिक्रिया