५ लाख नगदसहित १८ जना जुवाडे पक्राउ

राैतहट । पाँच लाख बढी नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन् ।

रौतहटकाे दुर्गाभगवती गाउँपालिका-३ बाग्मती खोलास्थित काँसघारीभित्र कौडा खेलिरहेको अवस्थामा १४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख १६ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१६ बस्ने ४० वर्षीय कमल प्रसाद अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा अधिकारी समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले उनीहरुलाई २३ हजार २ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया