प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव सामना गर्नुहुन्छ : मन्त्री श्रेष्ठ

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव सामना गर्ने बताएका छन् ।

प्राविधिक तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीको ३३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदमा अविश्वासको प्रस्तावको सामना गर्ने बताएका हुन् ।

‘कुनैपनि हालतमा प्रधानमन्त्रीको राजीनामा आउँदैन, प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ’, उनले भने‚ ‘राजीनामा दिने हामी कायर हो र ?’

अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौं‚ तर यो निर्णयले झन् विवाद बढाएको मन्त्री श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया