सभापति देउवालाई भेट्न दाहाल-नेपाल बुढानिलकण्ठ जाँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति भेट्न बुढानिलकण्ठ जाने भएका छन्।

नेपालमा पछिल्लो समय घटेको राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेकपा अध्यक्षद्वय प्रचण्ड र नेपाल सभापति देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निजी निवासमा जाने कार्यक्रम रहेको कांग्रेसनिकट स्रोतले जानकारी दिएको छ।

पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको प्रस्ताव राष्ट्रपतिले सदर गरिदिएपछि सर्वोच्चमा विघटनविरुद्ध परेका रिटमा सुनुवाई गर्दै सर्वोच्चले मंगलबार प्रतिनिधि सभा विघटन नहुने फैसला गरेपछि राजनीतिक दौडधुप सुरु भएको छ।

प्रतिक्रिया