जिरुडको गोलमा चेल्सी विजयी

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा चेल्सी विजयी भएको छ ।

मंगलबार राति भएको खेलमा चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १–० ले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमो चेल्सीलाई जिताउन ओलिभर जिरुडले गोल गरे ।
जितसँगै चेल्सीले क्वाटरफाइनल पुग्ने सम्भावना केही सहज बनाएको छ ।

चेल्सी र एट्लेटिकोबीचको दोस्रो लेग मार्च १७ मा चेल्सीको मैदानमा हुनेछ ।

प्रतिक्रिया