लाजियाेमाथि बार्यनको सहज जीत

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित हात पारेको छ ।

मंगलबार रातिको खेलमा साबिक विजेता बायर्नले इटालियन क्लब लाजियोलाई ४–१ गोलले पराजित गरेको हो ।

बायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्की, जमल मुसिआला र लोरी सानेले एक एक गोल गरे । लाजियोका फ्रान्सिस्कोले आत्मघाती गोल गरेको खेलमा जोआक्विन कोरेयाले एक गोल फर्काए ।

जितसँगै बायर्नले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

बायर्न र लाजियोबीचको दोस्रो लेगको खेल मार्च १७ तारिखमा मा हुनेछ ।

प्रतिक्रिया