संसद पुनःस्थापना भएपछि प्रचण्ड-माधवले एक अर्कालाई खुवाए लड्डु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेपाल-दाहाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रतिनिधि सभा पुनःस्थापना भएको खुसियालीमा एकअर्कालाई लड्डु खुवाएका छन् ।

मंगलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गरेपछि प्रचण्ड–माधवले एकले अर्कालाई लड्डु खुवाएर खुसियालीमा मनाएका हुन् ।

बुधबार आमसभालाई सम्बोधन गर्न चितवन पुगेका दाहाल-नेपालले त्यहीँ जम्मा भएका नेता कार्यकर्ताहरुका माझ लड्डु खुवाएका हुन् ।

प्रतिक्रिया