सर्वोच्चको फैसलाले जनताको जीत भएको छ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा पुनःस्थापना सर्वोच्च अदालतको फैसला प्रशंसनीय र ऐतिहासिक भएको बताएका छन् ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना हुने फैसला गरेपछि यो ऐतिहासिक भएको भन्दै उनले जनताको जीत भएको बताएका हुन् ।

‘सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु।’ अध्यक्ष नेपालले भनेका छन् ।

सम्पूर्ण जनता, आन्दोलनमा उत्रिएका दलहरू, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई धन्यवाद दिँदै उनले अदालतको यो फैसला प्रशंसायोग्य भएको बताए।

गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए। उक्त सिफारिस राष्ट्रपति भण्डारीले तत्कालै सदर गरिदिएकी थिइन्।

प्रतिक्रिया