झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापा । झापामा श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन् । दमक नगरपालिका- ३ भुटानी शरणार्थी शिविर सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ वर्षीय सरे राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार बिहान राईले मादक पदार्थ सेवन गरी ४९ बर्षीया श्रीमती बिष्णु माया तामाङ राईलाई कुटपिट गरी घटनास्थलमा नै हत्या गरेको प्रहरीले जनाएको छ ।

स्थानीयले दिएको जानकारीका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका- २ बाट राईलाई पक्राउ गरेको हो । श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया