मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

अफगानिस्तानमा कोभिडको खोप अभियान सुरु

काबुल । अफगानिस्तानमा मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएको छ ।

भारत सरकारले उपलब्ध गराएको कोभिसिल्ड पाँच लाख डोजबाट खोप अभियान शुरु भएको हो । अफगान सरकारका अनुसार उक्त खोप पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरुलाई दिइने बताइएको छ ।

राष्ट्रपति असरफ घानीले खोप अभियान शुरु गर्दै पहिलो चरणको खोप अभियान शुरु भएको र यो अफगानी जनताका लागि ठूलो अवसर रहेको बताए ।

अफगानिस्तानमा करिब ५५ हजार ६०० व्यक्ति कोरोना संक्रमित भएका र तीमध्ये दुई हजार ४३० जनाको मृत्यु भएको थियो ।

प्रतिकृयाहरु
Loading...