सुरक्षा परिषद् बैठक : निर्वाचन सुरक्षासम्बन्धी छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको सुरक्षा अवस्था‚ निर्वाचन सुरक्षालगायतका विषयमा छलफल भएको छ।

राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले विप्लव समूहको विषयमा समेत छलफल गरेको उल्लेख गरिएको छ।

नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा सेनाको परिचालन र नियन्त्रण गर्न सरकारलाई सिफारिश गर्नका लागि प्रधानमन्त्री औलीको अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव र प्रधानसेनापति परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी थिए।

प्रतिक्रिया