हिमाली भूभागमा हिमपातको सम्भावना
मकालु खबर
२०७७ फागुन ११ गते
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।
प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
‘उक्त प्रणालीको प्रभाव भोलि (बुधबार) बेलुकासम्म रहनेछ । ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन,’ उनले भनिन् । हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस छ । मंगलबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री सेल्सियस छ ।
मकालु खबर
२०७७ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित