नेपाल सुपर लिग फुटबल बैशाख ११ गतेबाट

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता बैशाख ११ गतेबाट सुरु हुने भएको छ ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल सुपर लिग बैशाख ११ बाट बैशाख २५ गतेसम्म हुने जानकारी दिएको हो ।

सबै खेल काठमाडौंको दशरथ रंगशालामा हुनेछन् ।

लिगमा प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि विभिन्न शहरका टिमले प्रतिस्पर्धा गर्ने र खेलाडीहरु बोलकबोल (अक्सन) बाट छनोट गरिने पनि आयोजकले जानकारी दिएको छ ।

टिम र टिमका लगानीकर्ताको नाम तय हुन बाँकी रहेको र यसै महिनाभित्र सार्वजनिक गरिने पनि आयोजकले जनाएको छ । पुरस्कार राशीको घोषणा पनि हुन बाँकी छ ।

प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहने छ ।

प्रतिक्रिया