तिमीसित हिडेँ [गजल] मकालु खबर सोमबार, फागुन १०, २०७७ १३:५९ मा प्रकाशित प्रकाश सायमी म आपतमा तिमीसित हिडेँ म सापटमा तिमीसित हिडेँ ।। हिँड्नेहरू कहाँ कहाँ पुगे म राहतमा तिमीसित हिडेँ ।। नदीको वेगसरि छ यो मन म चाहतमा तिमीसित हिडेँ ।। के नगद के बाँकी पिरतीमा त्यै बापतमा तिमीसित हिडेँ ।। घाउ दुखेसरिको पीडामा छु म आहतमा तिमीसित हिडेँ ।।