श्रीलंकाको बलिङ प्रशिक्षकमा चामिन्डा भास

एजेन्सी । विश्वविख्यात बलर चामिण्डा भास श्रीलंकाको राष्ट्रिय पुरुष क्रिकेट टीमको बलिङ प्रशिक्षक बनेका छन् ।

अस्ट्रेलियाका डेभिड सकरको ठाउँमा भासलाई वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि बलिङ प्रशिक्षक नियुक्त गरिएको हो । सकरले बिहीबार पदबाट राजीनामा दिएका थिए।

भासले यसअघि पनि सन् २०१३, २०१५ र २०१७ मा तीनपटक श्रीलंकाको राष्ट्रिय टिमलाई प्रशिक्षण दिइसकेका छन् । उनले श्रृलंकाको राष्ट्रिय टिमबाट एकदिवसीय क्रिकेटमा ४ सय र टेस्टमा ३ सय ५५ विकेट लिएका छन् ।

वेस्ट इन्डिज भ्रमणमा श्रृलंकाले तीन तीनवटा ट्वेन्टी-ट्वेन्टी र एकदिवसीय तथा दुई टेस्ट क्रिकेट खेल्नेछ ।

प्रतिक्रिया