दाहाल–नेपालबीच ५०/५० को सहमति

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आफ्नो संगठनात्मक संरचनालाई पूर्णता दिन गृहकार्यको थालनी गरेको छ । यो समूहले संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तयारसमेत गरेको छ ।

उक्त मापदण्डअनुसार पार्टी कमिटीहरुमा अध्यक्षद्वय दाहाल–नेपालसँग ५०/५० को सन्तुलन हुनेछ । दाहाल–नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका छन् ।

मापदण्डमा उल्लेख भएअनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यहीँबाट पूर्ति गरिनेछ । त्यसो गर्दा सामान्यतयाः ५० प्रतिशत हुने गरी मिलाउने मापदण्डमा उल्लेख छ ।

यसअघि पूर्वमाओवादी र एमालेबीच एकता हुँदा ६०/४० अनुपातको शक्ति सन्तुलन गरिएको थियो ।

प्रतिक्रिया