विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ। प्रदेशसभाको आइतबारको बैठकमा प्रस्ताव पेश भएको हो।
बैठकमा नेकपा ओली पक्षका सांसदहरु भने उपस्थित थिएनन्। प्रस्ताव १ महिना २६ दिनअघि नै प्रदेशसभा बैठकमा दर्ता भएको थियो।
इन्द्र आङ्बोले प्रस्ताव मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन्। योसँगै प्रदेश सभाको बैठक फागुन २० गतेसम्मका लागि स्थगित भएको छ।