दुर्घटनाबाट जोगियो २३१ यात्रु सवार अमेरिकी विमान

एजेन्सी । अमेरिकाको कोलोराडो राज्यको डेनबरमा उडेको ‘बोइङ-७७७’ विमान दुर्घटना हुनबाट जोगिएको छ। २३१ यात्रुसहितको विमानको इन्जिनमा अचानक आगो सल्किएता पनि अर्को इन्जिन सक्रिय भएकाले दुर्घटना हुन नपाएको हो।

विमानमा २३१ यात्रु सवार थिए भने १० चालक दलका सदस्य रहेको बिबिसीले जनाएको छ। आगो लागेपछि उक्त इन्जिनका टुक्राहरु जमिनमा खसेका थिए।

एउटा इन्जिनमा आगलागी भएपनि अर्को इन्जिन सक्रिय भएकाले ठूलो दुर्घटनाबाट बचेको बिबिसीले उल्लेख गरेको छ।

शनिबार पाइलटले डेनबर अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विमान सफल रुपमा अवतरण गरेको बताइएको छ।

 

प्रतिक्रिया