ट्रकको ठक्करबाट दुई युवाको मृत्यु

मोरङ । मोरङको उर्लाबारीमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । उर्लावारी नगरपालिका ८ का २३ बर्षीय प्रदिप धामी र सोही स्थान बस्ने २२ बर्षीय सुदिप भुजेलको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

पुर्व पश्चिम राजमार्ग अन्तरगत उर्लावारी ४ मा प्र १–०१–००१क १०३५ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को३१प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुबैजना गम्भिर घाईते भएका थिए ।

घाईते दुबैको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । ट्रक र ट्रक चालक झापा कमल गाउँपालिका बस्ने भीम बहादुर दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया