मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

म्यानमारमा दुई प्रदर्शनकारीको मृत्यु

मन्डलाया । म्यानमारको दोस्रो सबैभन्दा ठूलो सहरमा शनिबार सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । म्यानमारको संकट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।

‘‘आक्रोशित प्रदर्शनकारीहरूको भिडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,’’ मन्डलायास्थित् स्वयंसेवी आपत्कालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने ।

घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताए । मृतकमध्ये एकजना किशोर रहेको र उनको टाउकोमा गोली लागेको ओओले बताए ।

एक अर्का स्वयंसेवी उद्धारकर्ताले पनि समाचार तयार पार्दासम्म मृत्यु भएकाको संख्या दुई पुगेको पुष्टि गरे । म्यानमारमा केही हप्तापहिले निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत हटाएर सेनाको नेतृत्वमा प्रशासनिक कामलाई अघि बढाइएको छ ।

प्रतिकृयाहरु
Loading...