यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फागुन ०९ गते । आईतबार । ईश्वी सन् २०२१ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–नवमी,१६ घडी १० पला, दिउसो ०१ बजेर ०६ मिनेट उप्रान्त दशमी । नक्षत्र–रोहिणी,०५ पला,बिहान ०६ बजेर ४० मिनेट उप्रान्त मृगशिरा । योग–विष्कुम्भ, ५२ घडी ४६ पला,रातको ०३ बजेर ४५ मिनेट उप्रान्त प्रिती । करण– कौलव,दिउसो ०१ बजेर ०६ मिनेट उप्रान्त तैतिल,रातको ०१ बजेर ५२ मिनेट उप्रान्त गर । आनन्दादिमा–धाता योग । चन्द्रराशि–बृष,बेलुकी ०७ बजेर ४४ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५८ मिनेट । दिनमान २८ घडी १९ पला । द्रोर्ण नवमी

आजको बार बेला ।
बिहान ०६ बजेर ३८ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ३९ मिनेटदेखी बिहान ८ बजेर ०३ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर ०४ मिनेटदेखी बिहान ९ बजेर २८ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर २९ मिनेटदेखी बिहान १० बजेर ५३ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ५४ मिनेटदेखी मध्यान्ह १२ बजेर १८ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखी दिउसो १ बजेर ४३ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर ४४ मिनेटदेखी दिउसो ३ बजेर ०८ मिनेटसम्म रोग बेला ।
दिउसो ३ बजेर ०९ मिनेटदेखी बेलुकी ४ बजेर ३३ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर ३४ मिनेटदेखी बेलुकी ७ बजेर ३३ मिनेटसम्म शुभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बेलुकी ०४ बजेर ३३ मिनेटदेखी बेलुकी ०५ बजेर ५८ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । व्यापार व्यावसायमा थोरै समय लगानी मनग्गे आम्दानी हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । कुटुम्ब तथा आफन्तहरु बीचको सम्बन्ध सौहार्दपूर्ण रहनेछ भने तपाईँबाट राम्रा काम हुने हुनाले सम्मान प्राप्त हुनेछ । संगित एवमं साहित्यमा रुची जाग्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा सन्तोषजनक बृद्धि हुनेछ । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जानेछ । घरपरिवारबाट साथ सहयोग प्राप्त हुनाले राम्रा काम गर्न सकिनेछ । स्वास्थ्य अनुकूल रहनेछ भने मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । व्यावसायिक क्षेत्रबाट राम्रै लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवा जनताको काम गरि पद प्राप्त गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खर्चस्थानमा गोचर गर्ने चन्द्रमाले लगानीबाट मध्ययम आम्दानी हुनेछ । चुनौतीका बाबजुद काम गर्नुपर्ने हुन सक्छ । छर–छिमेक तथा आफन्तसँग असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा आजको दिन सहभागि नहुँनु नै राम्रो रहनेछ । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला । व्यापारमा मन्दि आई दैनिकी कष्टकर नहोला भन्न सकिन्न । तरपनि वैदेशिक क्षेत्रबाट लाभ लिने सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ भने कलकारखाना र बन्दव्यापारबाट फाईदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक तथा सांस्कृतिक सभा समारोहमा सरिक भई आफ्नो प्रश्तुति दिन सकिनेछ । नोकरी तथा राजनीतिमा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ । लाभदायक यात्राको प्रशस्त सम्भावन रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । गोप्य रहस्य पत्ता लगाउन सकिने हुनाले तपाईँको बौद्धिकताको उच्च कदर हुनेछ । उद्योग र व्यापारबाट विशेष फाइदा हुने समय रहेकोछ । प्रतिस्पर्धी तथा काममा अवरोध गर्नेहरु परास्त हुनेछन् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काम थालनि गरि राम्रो फाइदा उठाउन सकिने छ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिशिष्ट तथा उच्च पदस्थ व्यात्तिहरुको संगतले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल होईनेछ । तपाईको बौद्धिक क्षमतालाई सबैले सम्मान गर्ने तथा अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा समय दिनेहरुले सफलताका सिडिहरु चुम्नेछन् । धार्मिक अनुष्ठान तथा मन्दिर तिरको यात्रा तय गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । पे्रम प्रशङगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सरकारी पदमा बसेर सेवा पबाह गर्नेहरुले समयमा तपाईको काम नगरिदिदा महत्वपूर्ण अवसरबाट बञ्चित हुनु पर्नेछ । यात्रा हुने भएपनि बाटामा दुख तथा शास्ति खेप्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । मनमा एक किसिमको बेचैन आउने हुनाले काम गर्न मन लाग्ने छैन । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने नयाँ नयाँ आम्दानिका बाटाहरु फेला पर्नेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिस्पर्धिहरु आफै किनारा लाग्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दा मामिलामा विजयको योग रहेकोछ । रोकिएका काम केही समय दिएर फत्ते गर्न सकिने हुनाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । दैनिक उपभोग्य र औषधीजन्य सामानको व्यापारमा बृद्धि हुनाले आर्थिक रुपमा दैनिकी सहज हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्ने हुनाले दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आँटले गर्नाले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । आफन्तबाट सुखद समाचार सुन्न पाईने हुनाले दिन उत्साहपूर्वक बित्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । अन्य व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ लिन सकिनेछ । सन्तान वा अनुयायीको साथले राम्रा तथा फाईदा मुलक काम गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन ध्यान दिनुहोला । कामको अवसर प्राप्त भए पनि तत्काल फाईदा नहुन सक्छ । पहिलेका सम्झौता तोडी नयाँ काम गर्न सकिनेछ । अरूको भर पर्नाले काम पूरा नहुन सक्छ । तरपनि अन्योलमा मान्यजनको सुझावलाई शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारमा मनग्गे धनलाभ हुनेछ भने नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा साथीभाइले राम्रै सहयोग गर्ने हुनाले रचनात्मक काममा जुट्न सकिनेछ । लामो समयदेखि रोकिएका काम पुनः सुचारु गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । तरपनि यात्र गर्दा ध्यान दिनुहोला ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया