ओसाका च्याम्पियन

एजेन्सी । छैटौँ बरियताकी नाओमी ओसाकाले दोश्रोपटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छिन् । जापानकी ओसाकाले चौथो ग्राण्डस्लाम हात पार्ने क्रममा फाइनलमा अमेरिकी जेनिफर ब्राडीलाई पराजित गर्दै उपाधि उचालेकी हुन् ।

ओसाकाले २२ औं बरियताकी ब्राडीलाई ६–२ र ६–३ को सोझो सेटमा हराएकी हुन् ।

जीतसँगै ओसाका अष्ट्रेलियन ओपनको उपाधि दुईपटक जित्ने १२औँ महिला खेलाडी बनिन्। यो उनको चौँथो ग्रान्ड स्लाम उपाधि हो ।

उनले सेमिफाइलनमा अमेरिकी सेराना विलियम्सलाई हराएकी थिइन् ।

प्रतिक्रिया