‘प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन सक्दैनन्’

विराटनगर । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन नसक्ने टिप्पणी गरेका छन् ।

विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै ओेलीले गलत बाटो हिँडेका कारण प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन नसक्ने बताएका हुन् ।

उनको ‘झाँक्री’ शब्द नेकपाकी नेतृ रामकुमारी झाँक्रीप्रति लक्षित थियो । ‘प्रचण्डजी को त के कुरा गर्नु, मलाई माया पनि लाग्छ, पहिले उहाँसँग बैद्य हुनुहुन्थ्यो, त्यसपछि डाक्टर हुनुहुन्थ्यो, सबैले छोड्दै छोड्दै जाँदा अहिले उहाँसँग झाँक्री हुनुहुन्छ, ओलीले भने अब उहाँलाई झाँक्रीले पनि बचाउन सक्दैनन् ।’

‘खिईँदै खिईँदै गएका प्रचण्डलाई, दुई चार सिटमा सीमित हुने प्रचण्डलाई मैले पार्टी एकता गरेर ठूलो भरोसा दिएको थिएँ, तर उहाँले आफ्ना सिङ बढ्दै जाँदा हामीलाई नै सिध्याउन अघि बढ्नुभयो ।’

प्रचण्ड गलत बाटोमा हिंडेका कारण अब कसैले जोगाउन नसक्ने ओलीको भनाई छ । गलत बाटो छोडेर अझैपनि जनतासँग आउन उनले प्रचण्डलाई आग्रह गरे । नआउने हो भने उहाँहरुलाई कसैले बचाउन सक्दैन ओलीले भने ‘भीरबाट लड्नेलाई राम राम मात्र भन्न सकिन्छ।’

प्रतिक्रिया