निर्मलाका हत्यारा कानूनी पञ्जाको नजिकै आइसके : गृहमन्त्री थापा

विराटनगर । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने ब्यक्ति छिट्टै पक्राउ पर्ने दाबी गरेका छन् ।

नेकपाको ओली समूहले विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने ब्यक्ति कानूनको पञ्जाको नजिकै आइसकेको र अब चाँडै कठघरामा उभ्याउने दाबी गरेका गरेका हुन् ।

प्रधानमन्त्री केपी अ‍ोलीले बलात्कारी र हत्यारालाई पानीमुनि गए पनि नछोड्ने उद्घोष गरेको र त्यो कथनलाई सत्य सावित गर्दै भागरथीका हत्यारालाई कानूनको कठघरामा उभ्याउन सफल भएको उनले बताए । अब निर्मलाको बलात्कार र हत्या गर्ने ब्यक्ति पनि अब छिट्टै पक्राउ पर्ने उनको दाबी थियो ।

प्रतिक्रिया