प्रधानमन्त्रीले नयाँ खुलासा गर्दै हुनुहुन्छ : नेम्वाङ्ग

  • सुमन सुस्केरा

विराटनगर । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ खुलासा गर्ने बताएका छन् ।

शनिबार विराटनगरमा ओली समूहले आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै नेम्वाङ्गले प्रधानमन्त्रीबाट केही महत्वपूर्ण सूचना आउने बताएका हुन् । यस्तै उनले आफू त्यसको पर्खाइमा रहेको बताएका छन् । ‘प्रधानमन्त्रीले विमानस्थलबाट आउँदा नै हसिँलो मुहारसहितको केही सूचना सुनाउने उदेश्य लिनुभएको छ’, नेम्वाङ्गले भनेका छन्, ‘महत्वपूर्ण सूचना प्रधानमन्त्रीबाट आउँदैछ । म पनि पर्खिरहेको छु । उहाँले के सूचना व्यक्त गर्दैहुनुहुन्छ भन्ने बारेमा ।’

जनताले बैशाख १७ र २७ गतेको निर्वाचनलाई अनुमोदन गरेको बताएका नेम्वाङ्गले देशका जनताले निर्वाचनबाट दुधका दुध र पानीको पानी फैसला गर्न चाहेको बताए । ‘जताले फैसला गरिसकेका छन्’, नेम्वाङ्गले भने, ‘हामीले निर्वाचनसम्म धैर्य गर्नुपर्ने अबस्था छ ।’

दुईतिहाई बहुमत भएको प्रधानमन्त्रीले काम गर्न नपाएपछि संसद् बिघटन भएको उनले बताए । विश्वभरीका संसदीय प्रणालीमा जनता गुहार्न जाने अधिकार प्रधानमन्त्रीले प्रयोग गरेको उनले सुनाए । यही फागुन ११ देखि १५ गतेसम्म अदालतको फैसला आउनसक्ने उनले बताए ।

यसअघि पूर्वसञ्चारमन्त्री तथा ओलीका प्रिय पात्र गोकुल बाँस्कोटाले समेत प्रधानमन्त्रीले नयाँ खुलासा गर्न लागेको छनक दिएका थिए । उनले आफ्नो आधिकारिक ट्वीटरमार्फत् लेखेका छन्, ‘आज के हुन्छ ? पक्कै नयाँ ?’

प्रतिक्रिया