अनेरास्ववियुले देखायो प्रधानमन्त्रीलाई कालो झण्डा

  • सुमन सुस्केरा

विराटनगर । विराटनगरमा अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएको छ ।

अनेरास्ववियुले प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट कार्यक्रम स्थलतर्फ जाँदै गर्दा एयरपोर्ट मोडमा कालो झण्डा देखाएको हो ।
दाहाल–नेपाल समूहका विद्यार्थी नेता ओसिम आलमको नेतृत्वमा त्यहाँ पुगेको विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् ।
कालोझण्डा देखाउने क्रममा प्रहरी र विद्यार्थीबीच केहीबेर घम्साघम्सी समेत भएको थियो ।

आफू निकटको बृहत् सभालाई सम्बोधन गर्न विराटनगर आएका प्रधानमन्त्रीलाई अनेरास्ववियुले कालो झण्डा देखाएको हो ।

 

प्रतिक्रिया