विराटनगर : प्रधानमन्त्री आउने भएपछि सुरक्षामा कडाइ

  • सुमन सुस्केरा

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । ओली आउने भएपछि विमानस्थल प्रवेशमासमेत कडाइ गरिएको छ ।

दाहाल–नेपाल समूहले कालो झण्डा देखाउने त्रास बढेपछि सुरक्षा व्यवस्थामा कडाइ गर्नुपरेको यहाँका अधिकारीहरुले बताएका छन् । अहिले जाँच नगरी कसैलाई पनि विमानस्थल प्रवेश गर्न दिइएको छैन । झ्वाट्ट हेर्दा संकटकालको झल्को दिनेगरी जाँच भइरहेको यहाँका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

यता एयसपोर्ट मोडमा विपक्षी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालका कार्यकर्ता तैनाथ छन् । उनीहरुले विरोधस्वरुप नाराबाजी गर्ने तथा कालो झण्डा देखाउनेसम्मको गतिविधि गर्न सक्ने आकलन गरिएको छ ।

ओली शनिबार यहाँ आयोजित बृहत् सभालाई सम्बोधन गर्न आउने भएका छन् भने दाहाल–नेपाल संखुवासभा जाने भएका छन् ।

प्रतिक्रिया