नोबेलमा दुरविन र नेभिगेशन प्रयोग गरेर मस्तिष्कको शल्यक्रिया

विराटनगर । नोबेल शिक्षण अस्पतालले दुरबिन र नेभिगेशन प्रयोग गरेर मस्तिष्कको शल्यक्रिया गर्ने गरेको छ । अत्याधुनिक उपकरणको प्रयोगमा अग्रणी मानिने नोबेलले स्तरीय उपचारका लागि दुरबिन र नेभिगेशन प्रयोग गर्ने गरेको हो ।

दुरबिन र नेभिगेशनको माध्यमबाट ब्रेन ट्यूमर, ब्रेन ह्यामरेज, हाइड्रोसिफालस लगायतको अप्रेशन गर्ने गरिएको नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले जानकारी दिए । ‘नेभिगेशनको माध्यमबाट समस्या रहेको स्थान सजिलै पत्ता लगाउँन सकिन्छ, अनि थोरैै प्वाल पारेर दुरविनको माध्यमबाट भित्र पसेर अप्रेशन गर्न सहज हुन्छ ।’ डा.काफ्ले भन्छन्-‘यसरी अप्रेशन गर्दा टाउकोको धेरै भाग खोल्नु पर्दैन, सानो भाग खोलेर सजिलै अप्रेशन गर्न सकिन्छ ।’डा.काफ्लेका अनुसार दुरबिन र नेभिगेशन नहुँदा अप्रेशन गर्न टाउकोको धेरै भाग खोल्नुपर्ने हुन्छ । तर, दुरविनको माध्यमबाट अप्रेशन गर्दा सानो भागबाट पनि ठूलो–ठूलो अप्रेशन गर्न सकिने हुँनाले विरामीलाई सहज हुँने गर्छ । कतिपय अप्रेशन नाकको प्वालबाट दुरविन छिराएर पनि गर्ने गरिएको छ । नाकबाट दुरविन छिराएर अप्रेशन गर्दा विरामीमा चोटपटक हुँदैन र विरामी चाँडै निको हुँने चिकित्सकहरु बताउँछन् ।

नोबेलले दक्षिण पूर्वी एशियामै पहिलो पटक २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेको हो । नोबेलमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला ईन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोप लगायत अत्याधुनिक उपकरण छन् । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकका कारण नोबेलले जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ ।

प्रतिक्रिया