विप्लवलाई मूलधारको राजनीतिमा आउन आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेत्रविक्रम चन्द ‘विप्लव समूहलाई मूलधारको राजनीतिमा आउन आह्वान गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री हिँसात्मक गवितिधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन् ।

उनले विप्लव समूहलाई सरकारी वार्ता टोलीसँग संवादमा आउन आग्रह गरेका छन् । ‘शान्तिपूर्ण मूलधारमा समाहित हुन नसकिरहेका कतिपय पक्षहरुलाई संवादको माध्यमबाट शान्तिपूर्ण रुपमा मूलधारमा आउन आग्रह गर्दछु’, उनले भने ।

उनले लोकतन्त्रलाई ‘कु’बाटोमा धकेल्ने चेष्टाहरुलाई रोक्ने बताए । प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीमा लाग्न पनि सबै निकायहरुलाई निर्देशन दिँदै देशलाई अस्थीरताबाट जोगाउन ताजा जनादेशमा जानुको विकल्न नभएको तर्क गरे ।

आफ्नो नेतृत्वको सरकारले लोकन्त्रको बाटो नबिराउने प्रधानमन्त्री ओलीको भनाई छ । ‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन,’ उनले भने, ‘जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’

प्रतिक्रिया