टुँडिखेल मार्चबाट घोषणा पत्र जारी हुने

काठमाडौँ । बृहत् नागरिक आन्दोलनले टुँडिखेल मार्च गर्ने भएको छ । दिउँसो २ बजे रत्नपार्कमा भेला भएर सहिद गेट हुँदै टुँडिखेल प्रवेश गर्ने उक्त मार्चबाट घोषणापत्र जारी गरिनेछ ।

‘बृहत नागरिक आन्दोलन घोषणापत्र २०७७’ नाम दिइएको उक्त दस्तावेज टुँडिखेलमै हुने सभाबाट सार्वजनिक गर्न लागिएको हो । टुँडिखेलमा हुने मार्चमा सहभागी हुन सबैमा आग्रहसमेत गरिएको छ ।

गत माघ २० गतेको नागरिक आन्दोलनपछि पत्रकार–लेखक नारायण वाग्ले, युग पाठक, जेबी विश्वकर्मा, अनुभव अजित, भाष्कर गौतम, उज्ज्वल प्रसाईलगायत नागरिक समाजले आन्दोलनको घोषणापत्र २०७७ तयार पारेका छन् ।

प्रतिक्रिया