प्रजातन्त्र दल विशेष नेताहरुको शासन प्रणाली मात्र होइन : पूर्वराजा शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक दिनानुदिन जटिलतातिर फस्दै गएको बताएका छन् । ७१औं प्रजातन्त्र दिवसको अवसरमा देशबासीका नाममा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।

प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि भएको पनि शाहको तर्क छ । ‘प्रजातन्त्र आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली मात्र होइन’, शाहले भनेका छन्, ‘यो सामाजिक जीवन पद्धति पनि हो ।’

शाहले पछिल्लो समय प्रजातन्त्रकै लागि द्वन्द्व, विवाद र बहस भएको बताउँदै व्यस्त र ग्रसितसमेत हुनुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

|शाहद्वारा देशबासीको नाममा जारी शुभकामना सन्देश। तस्वीरः|
प्रतिक्रिया