मोरिस आईपिएलमा अहिलेसम्मकै महंगो खेलाडी

एजेन्सि । क्रिस मोरिस आईपिएल क्रिकेटको अहिलेसम्मको महंगो खेलाडी बनेका छन् ।

मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख रुपैयाँमा अनुबन्ध गर्ने निर्णय गरेसँगै मोरिस आईपीएल क्रिकेटमा अहिलेसम्मकै सर्बाधिक महँगो खेलाडी बनेका छन् ।

विहीबार बेग्लोरमा भएको खेलाडीको बोलकबोल (अक्सन)मा राजस्थानले दक्षिण अफ्रिकाका अलराउन्डर मोरिसलाई आईपीएलकै अहिलेसम्मको धेरै रकम खर्चिन तयार भएको हो । उनको आधारभूत मुल्य ७५ लाख रुपैयाँ थियो ।

दक्षिण अफ्रिकाका अलराउण्डर मोरिसको न्यूनतम मूल्य ७५ लाख रहेको थियो ।

यसअघि सन् २०१५ मा युवराज सिंहलाई दिल्ली डेर डेभिल्सले १६ करोडमा लिएको थियो । यो कीर्तिमान ६ बर्षपछि मोरिसले तोडेका छन् ।

यससँगै उनी सर्वाधिक महँगो विदेशी खेलाडीमा पनि भएका छन् । २०२० मा अस्ट्रेलियाका पेट क्युमिन्सलाई कोलकता नाइट राईडर्सले १५ करोड ५० लाखमा लिएको थियो ।

प्रतिक्रिया