सेरेनालाई हराउँदै ओसाका फाइनलमा

एजेन्सी । तेश्रो बरियताकी टेनिस खेलाडी नाओमी ओसाका अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन्।

मेलबर्नमा बिहीबार भएको सेमिफाइनलमा उपाधिको थप एक खुड्किलो नजिक पुग्न ओसाकाले १० औं बरियताकी सेरेनालाई ६–३ र ६–४ को सेटमा पराजित गरेेकी थिइन्।

यससँगै सात पटककी च्याम्पियन सेरेनाको यसपटकको अस्ट्रेलियन ओपनको यात्रा सेमिफाइनलमै समाप्त भएको छ।

पराजयसँगै सेरेनाको भने कीर्तिमानी २४ औं पटक ग्राण्डस्लाम जित्ने योजना पनि तत्काललाई पूरा हुन सकेन ।

उपाधिका लागि ओसाकाले कारोलिना मुचोभा र जेनिफर ब्राडीमध्ये एकजनासँग खेल्नेछिन्। ओसाकाले सन् २०१९ मा उपाधिसमेत जितेकी थिइन्।

प्रतिक्रिया