फेसबुकले समाचार हेर्न र सेयर गर्न रोक्यो

काठमाडौँ । फेसबुकले अस्ट्रेलियामा समाचारमा प्रतिबन्ध लगाएको छ । फेसबुकले अस्ट्रेलियाली प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्ममा समाचार हेर्न र सेय गर्नमा रोक लगाउने घोषणा गरेको हो ।

प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुनको विषयबारे विवादका कारण यस्तो घोषणा गरिएको हो । केही प्रयोगकर्ताहरूले निश्चित समाचार साइटहरूबाट सामाग्री साझा गर्न नमिल्ने बनाइसकिएको बताएका छन् ।

प्रस्तावित कानुनले गुगल र फेसबुकजस्ता ठूला प्रविधि कम्पनीहरूलाई अस्ट्रेलियाका सञ्चार संस्थाहरूसँग सम्झौता गर्न वा सामग्री सेयर गरे बापत शुल्क तिर्न बाध्य पार्नेछ । यसअघि गुगलले अस्ट्रेलियामा आफ्नो सर्च इन्जिन बन्द गर्ने धम्की दिएको थियो । –बीबीसी

प्रतिक्रिया