पोर्टाेसँग युभेन्टसको हार

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत अन्त १६ को पहिलो लिगमा युभेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस पोर्चुगलको क्लब पोर्टोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

पोर्टोको जतिमा मेहदी तारेमी र मोउस्सा मारेगाले एक-एक गोल गरे भने युभेन्टसका लागि फेडेरिक चिएसाले एक गोल फर्काएका थिए ।पोर्टोले आफ्नो घरेलु मैदानमा पहिलो लिगमा युभेन्टसमाथि २-१ को अग्रता लिएपछि अब दोस्रो लिग युभेन्टसको घरेलु मैदानमा मार्च ९ तारिख राति हुने छ ।

उक्त खेलमा यही नतिजा कायम रहे पोर्टाे क्वाटरफाइनलमा प्रवेश गर्नेछ । युभेन्ट्सलाई अघिल्लो चरण प्रवेश गर्न १–० को जित आवश्यक पर्नेछ ।

प्रतिक्रिया